Section 58
स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था गर्न सक्ने
(१) नेपाल सरकारले उच्योग प्रशासन सम्बन्धी प्रक्रियालाई सरल, सहज र अनुमानयोग्य बनाउन यस ऐन तथा प्रचलित अन्य कानून बमोजिम उचोग दर्तादेखि खारेजीसम्मका प्रक्रिया सम्बन्धी सेवाहरु, उद्योगको किसिम, उद्योगको प्रकृति वा लगानीको सीमा लगायतका विषयहरु तोकी स्वचालित मार्ग
(अटोमेटिक रुट) बाट कार्यान्वयन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।